वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई
काठमाडाैं | साउन ५, २०७९
काठमाण्डौँ: बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ ।
बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन । सुक्खा ठाउँमा भल छोपेर रोपाइँ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए । “पानी परेपछि राहत मिलेको छ”, जैमिनी नगरपालिका–९ का टङ्कप्रसाद शर्माले भन्नुभयोे ।
यसअिघ रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताउनुभयो । असारको अन्तिम सातायता साउन ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन । किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए ।
असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ । वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन् । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

